सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुक नै लिलाम हुने अवस्थामा : ऊर्जा राज्यमन्त्री तामाङ
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले उद्योगी व्यवसायीहरूसँग ट्रंकलाइन र डेडिकेटेडको वक्यौता रकम जसरी पनि उठाउने बताएका छन्।
शुक्रवार काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको १८ औं साधारणसभाका अवसरमा बोल्दै राज्य मन्त्री तामाङले यस्तो बताएका हुन्। उनले विद्युत उपभोग गर्ने तर विद्युत्को रकम नतिर्ने भन्ने नहुने भन्दै ऊर्जा राज्यमन्त्री भएको अवस्थामा नै व्यवसायीहरूबाट रकम उठाउने बताए।
राज्यमन्त्री तामाङले ८० रुपैयाँको डण्डी १२० मा रुपैयाँ बेच्ने तर सरकारलाई विद्युत्को रकम नबुझाउने छुट नभएको बताए। उनले अहिले ठूला व्यापारीहरूले देशमा एकलौटी रूपमा विद्युत् उपभोग गर्ने पैसा नतिर्ने भन्दै मिनाह गर्न सरकारसँग माग गरे पनि व्यापारीबाट विद्युत्को रकम उठाएर छाड्ने उल्लेख गरे।
उनले डण्डी र सिमेन्ट व्यवसायीका कारणले १ हजार निर्माण व्यवसायीहरू कालोसूचीमा परेको भन्दै उनीहरूबाट विद्युत् वक्यौता रहेको उठाएरै छाड्ने बताए। उनले जलविद्युत्को विकास गर्नसके मुलुकको २४ खर्बको सार्वजनिक ऋण विद्युत् निर्यात गरेर तिर्नसक्ने बताए। उनले सार्वजनिक ऋण वृद्धि हुँदै जाँदा मुलुक नै लिलाम हुने अवस्थामा पुगेको बताए। उनले अन्य देशले ऋण दिएपछि उठाउनुपर्ने बताए।
मन्त्री तामाङले भने,‘उपभोग गरेको विद्युतको पैसा व्यवसायीले तिर्नुपर्छ। सिमेन्ट, डण्डी वा अन्य क्षेत्र सबैले विद्युत्को रकम तिर्नुपर्छ। डण्डी र सिमेन्ट व्यवसायीहरूका कारणले १ हजार निर्माण व्यवसायी कालोसूचीमा परेका छन्। यिनै व्यवसायीले ८० रुपैयाँको डण्डीलाई १२० रुपैयाँमा बेच्ने गरेका छन्। अहिले ठूला व्यापारीहरूले देशमा एकलौटी रूपमा विद्युत् उपभोग गर्ने पैसा नतिर्ने अनि मिनाह गर्नुपर्छ भन्ने गरेका छन्। विद्युतको पैसा उठाएरै छाड्ने प्रतिबद्धता जनाउँछु।’
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नयाँ सरकार आएपछि भुक्तानी पाउने आशा गरे पनि अपेक्षानुसार काम नभएको गुनासो गरे। उनले दुई ठूला पार्टी मिलेर सरकार बनाए पनि निर्माण व्यवसायीको मागलाई सम्बोधन गर्न नसकेको उल्लेख गरे। उनले सरकारले निर्माण उद्योग चलायमान बनाउन नसक्दा अर्थतन्त्र समेत चलायमान हुन नसकेको बताए।
उनले सरकार बनेको दुई महिना पुग्दा पनि कस्मेटिक रूपमा निर्माण उद्योगको समस्या सम्बोधन गरी भुक्तानी गरेको भनिए पनि वास्तविक रूपमा निर्माण व्यवसायीले भुक्तानी नपाएको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु