प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्छ : मोदी

काठमाडौं / प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्ने धारणा राखेका छन्। मंगलबारको प्रतिनिधिसभा वैठकमा आफ्नो धारणा राख्दै उनले व्यवस्था परिवर्तनमा लागि भएको जनयुद्धको कमाण्ड गर्नुका साथै पछि शान्तिका लागि अथक प्रयास गरेकाले नोवेल पुरस्कार दिनुपर्ने बताए।
‘जनयुद्ध गरेको पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा समावेशीताका लागि लड्नुभयो’, उनले भने, ‘त्यसकारण उहाँलाई जनक भनिनुपर्छ। र उहाँलाई नोवेल पुरस्कारको व्यवस्था गर्नुपर्छ।’
सत्ता समीकरण परिवर्तनपछि माओवादीप्रति आक्रामक देखिएको एमालेले जनयुद्धलाई हिंसा भन्दै आएको सन्दर्भमा उनले त्यस्तो बताएका हुन्। माओवादीले विगतमा भएका विभिन्न आन्दोलनको कुनै न कुनै रुपमा अहम् भूमिका रहेको र त्यसलाई आफूहरूले क्रान्ति बुझ्ने गरेको बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस