ब्लु क्रस हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ / प्रभु बैंकका ग्राहकलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालिको सेवामा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
मंगलबार ब्लु क्रस हस्पिटल प्रालिका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्रबाबु बिष्टले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौतामा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले ब्लु क्रस हस्पिटलमा उपचार सेवा लिँदा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवामा ५ देखि १२ प्रतिशतसम्म छुट पाउनेछन्।
छुट सुविधा प्राप्त गर्न ग्राहकले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिभलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस