रुसको चर्चित समाचार च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

Russia-Today-news-channel

अमेरिकाले रुसको चर्चित समाचार च्यानल आरटीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले उक्त च्यानल रुसी खुफियातन्त्रको हिस्सा बनेको भन्दै प्रतिबन्ध लगाएको बताए।

पत्रकार सम्मेलन गर्दै ब्लिंकनले रुस सरकार समर्थित मिडिया आरटीले अमेरिकी लोकतन्त्र कमजोर बनाउने प्रयास गरेको भन्दै प्रतिबन्ध लगाएको बताए। उनले आरटीमा साइबर परिचालन क्षमता र रुसी खुफिया जानकारीसँग सम्बन्धित युनिट समावेश गरिएको आरोप लगाए।

Advertisement:Russia-Today-news-channel

ब्लिंकनको उक्त टिप्पणीसहित प्रतिबन्ध लगाउने घोषणा कार्यक्रम आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् लाइभ गरिरहेको आरटीले उक्त निर्णयलाई अमेरिकाको नयाँ चालबाजीको संज्ञा दिएको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले रुसमाथि प्रतिबन्ध लागू गर्ने विषयको विशेषज्ञ बनेको अमेरिकासँग नयाँ काम हुनुपर्ने भन्दै व्यंग्य गरेका छन्।

अमेरिकाले आरटीका प्रधान सम्पादक मार्गरिटा सिमोनियन र अरु केही कर्मचारीलाई अमेरिकाका चुनाव प्रभावित पार्ने प्रयास गरेको भन्दै गत हप्ता प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया दिनुहोस् :