नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने प्रधानमन्त्री ओलीको अठोट
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने बताएका छन्।
६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउन सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताएका हुन्। उनले बालबालिकाहरूलाई सडकमुक्त गराउन आफूले पहिलोपटक प्रधानमन्त्री भएका वेलादेखि नै अभियान सञ्चालन गरेको र त्यसलाई फेरि निरन्तरता दिएको पनि स्मरण गराए।
प्रधानमन्त्री ओलीले बालबालिकाहरूले गरिबी झेल्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले पर्याप्त ध्यान दिएको पनि बताए। विश्वको गरिबी यथावत् रहेको उल्लेख गर्दै बालबालिकालाई सो अवस्थाबाट मुक्त गराउन सरकारले पर्याप्त ध्यान दिनुपरेको पनि स्पष्ट पारे। उनले बालबालिकाहरू बन्धन र नियन्त्रणमा नभई उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए।
ओलीले भने, ‘नेपाल सरकारले यो वर्षभित्र विक्रम संवत् २०८१ सालभित्र सडक बालबालिका मुक्त देश बनाउने भनेर एउटा ठूलो अठोट र अभियान थालेको छ। यो अभियान म प्रधानमन्त्री भएको बेला पहिला पनि अगाडि बढाएको थिएँ। बालबालिकाले हप्कीदप्कीमा होइन, स्नेहमा बाँच्न पाउनुपर्छ। बन्धन र नियन्त्रणमा होइन, उन्मुक्तिमा बाँच्न पाउनुपर्छ। सम्पूर्ण अवसर प्राप्त गर्न पाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु