ऐतिहासिक पदक विजेता पलेसा गोवर्धन श्रेष्ठलाई पोखरा महानगरले सम्मान गर्ने
पोखरा / पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धन श्रेष्ठलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ।
नगर प्रमुख धनराज आचार्यका ओलम्पिकमा पदक दिलाउन सफल गोवर्धनलाई रु. २ लाख २२ हजार २२२ सहित सम्मान गर्न लागिएको हो। आइतबार पोखरा रङ्गशालामा उक्त सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए।
‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडी, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकलाई समेत नगद सहित सम्मान गरेका थियौँ। आइतबार पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गर्दै छौँ, उनले भने, ‘पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहनेछ।’
समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेलप्रतिको रुचि प्रवर्द्धन लगायत गतिविधि सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन्।
पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्। २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु