आज पनि बस्दैछ संवैधानिक परिषद्को बैठक

kp-sharma-oli-kulpati

काठमाडौं, ३१ भदौ/ संवैधानिक परिषद्को बैठक आज पनि बस्ने भएको छ । शुक्रवार बिना निष्कर्स टुङ्खिएको बैठक आज सोमवार साँझ बस्न लागेको हो ।

संवैधानिक परिषद्को सचिवालयद्वारा दिइएको जानकारीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बस्नका लागि आज साँझ ५ बजे तोकिएको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने कार्यसूची रहेको छ । यस विषयमा नै शुक्रवारको बैठकमा छलफल निष्कर्षमा पुग्न सकेको थिएन ।

Advertisement:kp-sharma-oli-kulpati

असोज १८ गतेदेखि रिक्त रहने प्रधानन्यायाधीशको पदपूर्तिका लागि संसदीय सुनुवाइ गर्नु पर्ने विधिअनुसार संसदीय सुनुवाइका लागि सम्भावित ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाइसकिएको छ भने तीमध्ये सबैभन्दा सम्भावित नाम प्रकाशमानसिंह राउत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :