आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री, आजै संसदको चालू अधिवेशन अन्त्य हुने

kp sharma oli

काठमाडौं, ३१ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज सञ्चालन हुने बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले सोमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिपक्ष दलका सांसदहरुले संसद अवरुद्ध गरेपछि आइतवार स्थगित भएको बैठक आज दिउसो १ बजेबाट सञ्चालन हुने संसद सचिवालय श्रोतले जानकारी दिएको छ । सोहि बैठकमा प्रधानमन्त्रीले संसदको सम्बोधन गर्न लागेको बताइएको छ ।

Advertisement:kp sharma oli

यसैबीच संसदको चालू अधिवेशन आजैदेखि अन्त्ये हुने भएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि संसदको वर्षे अधिवेशन अन्त्य भएको घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस् :