प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं, ३१ भदौ/ आज साँझ बसेको संवैधानिक परिषद्को बैठकद्वारा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । न्यायाधीशको दोश्रो वरीयतामा रहेका राउतलाई सोमबार साँझ बसेको परिषद्को बैठकद्वारा प्रधानन्यायाधीश पदमा सिफारिस गरिएको हो ।

प्रधानन्यायाधीशमा नियुक्ती पाएपछि १८ महिना अवधिको कार्यकाल रहने न्यायाधीश प्रकाशमान सिंह राउतको उक्त पदका लागि अब संसदीय सुनुबाट अनुमोदन हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ । आगामी असोज १८ मा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश भएपछि सर्वोच्च अदालतले नयाँ प्रधानन्याधीश पाउनेछ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :