लोक सेवा आयोगले गर्यो ३३१ वटा नयाँ पाठ्यक्रम स्वीकृत

काठमाडौँ / लोक सेवा आयोगले लिने विभिन्न परीक्षाका ३३१ वटा पाठ्यक्रम स्वीकृत भएका छन्। आयोगको आव ०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदनअनुसार २२० वटा पाठ्यक्रम निर्माण एवं परिमार्जन गरिएको हो।

निजामती सेवातर्फ आर्थिक योजना तथा तथ्याङ्क, इञ्जिनियरिङ्ग, कृषि, वन, शिक्षा, विविध सेवा तथा संघीय संसद र स्वास्थ्य सेवाका विभिन्न २२० वटा पाठ्यक्रम निर्माण एवं परिमार्जन भएको हो।

Advertisement:

चारवटा सुरक्षा निकायका १४ वटा र १३ वटा सङ्गठित संस्थाका ३१७ वटा गरी जम्मा ३३१ वटा पाठ्यक्रम स्वीकृत भएको प्रतिवेदनमा जनाइएको छ।

आयोगका अनुसार २०८१/३/२० को निर्णयअनुसार आव २०८१/०८२ देखि लागू हुने गरी निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह, राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक), नायब सुब्बा वा सोसरह र राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सोसरह पदका लागि लिइने संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत प्रथम चरणको परीक्षालाई प्रवेश परीक्षाको रुपमा मात्र कायम राखी यस चरणको परीक्षामा प्राप्त गरेको अङ्क द्वितीय चरणको परीक्षामा प्राप्त गरेको अङ्कमा नजोडिने गरी परीक्षा योजनामा सुधार गरिएको छ।

नेपाल इञ्जिनियरिङ्ग सेवाको सिभिल समूहअन्तर्गत जनरल,हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोलोजी र बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहतर्फ राजपत्रांङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरह पदको प्रथम पत्रको परीक्षा संयुक्त हुने गरी परीक्षा योजनामा परिमार्जन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् :