श्रीलंकाको संसद् विघटन, मध्यावधि निर्वाचनको घोषणा
काठमाडौं / श्रीलंकाका भर्खरै नियुक्त भएका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्। उनले मध्यावधि निर्वाचन गराउन संसद् विघटन गर्नेसम्बन्धी विशेष राजपत्रमा हस्ताक्षर गरेको बीबीसी सिंहलाले जनाएको छ।
दिसानायकेले २२५ सदस्यीय संसदलाई विघटन गरेका हुन्। जसमा नेसनल पिपुल्स पावर–एनपीपी गठबन्धन तीन सीट मात्र थियो। उनले संसद् विघटन गर्दै आगामी निर्वाचनको मिति समेत तोकेका छन्। उनले तोकिएको समयभन्दा झन्डै एक वर्ष अगाडि अर्थात् नोभेम्बर १४ मा निर्वाचनको मिति घोषणा गरेका छन्।
दिसानायकेले हिजो आफ्नो सहयोगी हरिणी अमरसूर्यालाई प्रधानमन्त्री बनाएका छन्। यनी देशको इतिहासमा तेस्रो महिला प्रधानमन्त्री हुन्। यसका साथै नवनियुक्त प्रधानमन्त्रीलाई शिक्षा, श्रम र न्याय मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। दिसानायकेले सोमबार श्रीलंकाको नवौँ राष्ट्रपतिको शपथ लिए।
उनले आफ्नो नीतिलाई अगाडि बढाउन नयाँ जनादेश प्राप्त गर्न आफू निर्वाचित भएलगत्तै संसद विघटन गर्ने सङ्केत गरेका थिए। जनताको चाहना अनुसारको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नरहेको उनले निर्वचित भएपछि नै संकेत गरेका थिए।
भ्रष्टाचारविरुद्ध लड्ने र आर्थिक सुधारका लागि गरेको प्रतिबद्धताका कारण उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। देशको नयाँ राष्ट्रपतिका रुपमा श्रीलंकाको संकटग्रस्त अर्थतन्त्रलाई सही दिशा दिनु दिशानायकेका लागि एउटा ठुलो र मुख्य चुनौती हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु