सानिमा बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुटको व्यवस्था

Sanima_Bank_tatokhabar

काठमाडौं / सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी डिजिटल प्राइभेट लिमिटेडसँग विशेष छुटको व्यवस्था गरेको छ।

सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यूआर स्क्यानिङ) मार्फत सिजी डिजिटलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउनेछन्।

Advertisement:Sanima_Bank_tatokhabar

साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा एक हजार रुपैयाँ बराबरको ‘क्यास ब्याक’ को व्यवस्था गरिएको छ। न्यूनतम ३० हजार रुपैयाँबराबरको कारोबारमा मात्र क्यास ब्याकको सुविधा पाउने छन्।

समयसमयमा विभिन्न छुट तथा अफर प्रदान गरी आफ्ना ग्राहकलाई  डिजिटल भुक्तानीको अधिकतम प्रयोगका लागि गर्न प्रोत्साहन गर्दै आएको बैंकले जनाएको छ।

बैंकको देशका सातै प्रदेशमा १३३ कार्यालय तथा १२४ एटीएम सञ्चालनरत छन्।

CG_digital_sanima_bank

प्रतिक्रिया दिनुहोस् :