अनेरास्ववियु (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आज देखि
काठमाडौं / माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज देखि सुरु हुँदै छ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुने सम्मेलनको दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन्।
भोलि विहान ८ बजेदेखि बन्दसत्रसुरु हुनेछ। भोलि नै विधान तथा प्रतिवेदन पेस हुनेछ। त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ।
असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ। सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ।
असोज १३ गते बिहान ८ बजे निर्वाचन कार्यक्रम सुरु हुनेछ र असोज १४ गते बिहान ८ बजेदेखि मतदान हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु