नेप्से करिब ५० अंकले बढ्यो

काठमाडौं / आज नेप्से करिब ५० अंकले बढेको छ। नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको हो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ। पछिल्ला दुई कारोबारका दिन लगातार घटेको नेप्से आज बढेको हो।
नेप्से बढे पनि आज कारोबार रकम भने कमजोर छ। मंगलबार ५ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज दिन ३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।
आज ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस