कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
काठमाडौं / निरन्तरको वर्षाले जलसतह बढेपछि कोशी ब्यारेजका सबै (५६ वटै) ढोका खोलिएको छ।
ब्यारेजमा बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ ।
तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारीले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खुर्कोटको पुल निर्माणमा तीव्रता, पाँच दिनभित्र सडक सञ्चालन गर्ने सेनाको तयारी
-
२.
बेनी-मालढुङ्गा सडकको ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति
-
३.
खोकनाको विवादमै अल्झियो ’फास्ट ट्र्याक’
-
४.
बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइए रवि लामिछाने
-
५.
गाजाको शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणमा ३३ जनाको मृत्यु