सानिमा बैंक र दराजको दशैँ धमाका योजना

Sanima_bank_daraz

काठमाडौँ / सानिमा बैंकले ग्राहकका लागि बडादशैँको अवसरमा दराजसँग दशैँ धमाका योजनामा विशेष छुट दिने सहमति भएको छ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट पाउनेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम रु. १,५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम रु. २,००० सम्मको छुट पाउनेछन्।

Advertisement:Sanima_bank_daraz

योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट दिइनेछ। छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ। यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि पाउनेछन्।

यो योजना २०८१ आश्विन ११ देखि २१ गतेसम्म लागू हुनेछ। सानिमा बैंकका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा छन्।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् :