कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
कञ्चनपुर / जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।
गएराति १ बजेतिर मानववस्तीमा पसेको जङ्गली हात्तीको आक्रमणमा परेर लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँडाजाई बस्ने अन्दाजी ५० वर्षीय रामदल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जङ्गली हात्तीको समूह गाउँ पसेपछि भगाउनका लागि घरबाहिर आएर स्थानीय बासिन्दाहरूले होहल्ला गरेका थिए। त्यस क्रममा हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको हो।
अहिले हात्तीको समूह नजिकैको जङ्गलमा पसेको छ। यस घटना सम्बन्धमा प्रहरी टोली सहित निकुञ्जको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु