त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित

Cricket_Nepal_Canada

काठमाडौं / त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा घरेलु टोलि क्यानडासँग नेपाल अर्को खेलमा पनि पराजित भएको छ।

क्यानडाको किंग सिटीमा गएराति भएको खेलमा घरेलु टोलीले नेपाललाई ४ विकेटले हराएको छ। १ सय ४० रनको लक्ष्य क्यानडाले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

Advertisement:Cricket_Nepal_Canada

क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे। कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए।

रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन बनाए। नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनमा समेटियो।

नेपालका लागि ओपनर अनिल शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए। पहिलो विकेटका लागि अर्का ओपनर आसिफ शेखसँग मिलेर शाहले ५५ बलमा ७० रन जोडे। आसिफले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए।

गुलशन झाले बलमा चौका र छक्काको सहयोगमा २३ रन बनाए। एक समय ९ ओभरमा कुनै विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो।

क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान १-१ विकेट लिए।

आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो।

नेपालले चौथो खेल आजै ओमानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस् :