सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं / आज स्थानीय बजारमा पहेँलो धातु(सुन)को मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार ओरालो लागेको सुनको मूल्य आज भने तोलामा रु. चार सयले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला रु. तीसले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार नौ सय ८० निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस