इजरायली सेनाले गरेको हवाई आक्रमणको अरब लिगद्वारा निन्दा

Isreal_war

अरब लिग (एएल) का महासचिव अहमद अबोल–घितले बुधवार दक्षिणी लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा इजरायली सेनाले गरेको हवाई आक्रमणको निन्दा गरेका छन्।

इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद काहिलसहित ६ जनाको ज्यान गएको थियो भने ४३ जना भन्दा बढी घाइते भएका थिए।

Advertisement:Isreal_war

गाजा पट्टीको अवस्था सबै कल्पनाभन्दा बाहिर गएको बताउँदै अबोल–घितले लेबनानमा गाजाको अवस्था दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस् :