बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइए रवि लामिछाने

rabi_lamichhane

काठमाडौं / सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पुगेका छन्।

अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट अनुमति पाएसँगै शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरेर प्रहरीले लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगेको हो।

Advertisement:rabi_lamichhane

उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेको समयतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याईएको प्रहरीले जनाएको छ।

शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ।

प्रतिक्रिया दिनुहोस् :