गाजामा इजरायलको आक्रमण : कम्तीमा ७३ जनाको मृत्यु

काठमाडौं / गाजाको उत्तरी सहर बेत लाहियामा इजरायलले गरेको आक्रमणमा परि कम्तीमा ७३ जनाको मृत्यु भएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा महिला र बालबालिकाहरुसमेत छन् भने ठूलो संख्यामा मानिसहरु घाइते भएका छन्। गएराति भएको बम विस्फोटपछि अझै पनि भग्नावशेष मुनि कयौँ मानिस फसेको आशंका गरिएको छ।
हमास अधिकारीहरुले इजरायलले कुनै पनि पूर्व सूचना तथा चेतावनी जारी नगरी सहरमा बम वर्षा गराएको हो। इजरायलले भने हताहतको विवरण लिइरहेको जनाएको छ।
हमासको स्वास्थ्य मन्त्रालयले आवसीय भवनहरु र भीड भएको क्षेत्रमा अचानक आक्रमण हुँदा ठूलो मानवीय क्षति भएको र इन्टरनेट तथा सञ्चार सम्बन्ध विच्छेद हुँदा उद्धारमा समस्या भइरहेको जनाएको छ।
यसैबीच इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ। यससँगै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग तत्काल छाड्न इजरायलले निर्देशन दिएको हो।
उता लेबनानको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा परी एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस