एसीसी मेन्स इमर्जिङ कप : भारतलाई हराउँदै अफगानिस्तान फाइनलमा

Afaganistan_acc_cup

काठमाडौं  / ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी–२० प्रतियोगितामा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ लाई पराजित गर्दै फाइनलमा पुगेको छ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ‘ए’ ले भारत ‘ए’ माथि २० रनको जित हासिल गरेको हो।

Advertisement:Afaganistan_acc_cup

अफगानिस्तान ‘ए’ ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनायो

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ‘ए’ ले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो।

पहिलो सेमिफाइनलमा श्रीलंका ‘ए’ ले पाकिस्तान ‘ए’ लाई पराजित गरेको थियो।  अब फाइनलमा अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ आइतबार भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस् :