रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड

prachanda-khabardari-sabha-kathmandu

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा पक्राउ परेका रवि लामिछानेलाई जोगाउन खबरदारी सभा नगरिएको प्रष्टीकरण दिएका छन्। बचाउँनै

भृकुटीमण्डपमा पार्टीले शनिबार आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्।

Advertisement:prachanda-khabardari-sabha-kathmandu

‘एकथरीले प्रचण्डले रवि लामिछानेलाई मुद्दाबाट जोगाउन खबरदारी सभा राखेको भनेर प्रचार गरेका छन्।’ उनले भने- ‘दोषी कोही बच्न हुँदैन, निर्दोष कोही फस्न हुँदैन। सबै सहकारी र लघुवित्त पीडितले न्याय पाउनुपर्छ। मैले सहकारी पीडितको पक्षमा न्याय दिन प्रधानमन्त्री हुँदा सिंहदरबारमा पचासौं बैठक राखेको छु।’

उनले आफूले सहकारी छानबिन संसदीय समिति बनाउन उचित हुन्छ भनेको बताए।

‘त्यतिबेला रवि लामिछानेको कुरा चलिरहेको थियो। रवि लामिछानेलाई पनि दोषी भए सजाय पाउनुहुन्छ नभए उन्मुक्ति पाउनुहुन्छ। डराउनुपर्ने कारण के छ? भनेको हो मैले।’ प्रचण्डले थपे, ‘त्यही अनुसार रविले पनि बनोस् भनेको हो। बन्न हुँदैन भन्ने केपी ओलीजी हो। रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो। आज म तपाईंहरूलाई यो प्रष्ट भन्न चाहन्छु।’

तर अहिले सरकारको रवैयाप्रति आफूहरूको आपत्ति रहेको उनको तर्क छ। संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम उल्लेख भएका एमाले र कांग्रेसका व्यक्तिलाई छानबिन नगरिएको भन्दै उनले प्रतिपक्षलाई मात्रै गिरफ्तार गर्ने प्रवृत्तिलाई मात्रै आफूहरूले विरोध गरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस् :