जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

tourist_rescued

काठमाडौँ / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्ति हुन्।

Advertisement:tourist_rescued

उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए।

उनीहरू हराएको बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस् :