आईसीसी विश्वकप लिग- २ : अमेरिकाविरूद्धको खेलमा नेपालको हार
काठमाडौं / आईसीसी विश्वकप लिग- २ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपालले हार व्यहोरेको छ। अमेरिकाका टेक्सासस्थित डलासको ग्राण्ड प्रिएरीमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा नेपाल ३ विकेटले पराजित भएको हो।
टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भयो। नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले अर्धशतक प्रहार गरे। साहले ५६ रन र शेखले ५२ रन बनाए।
कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन जोडे। उनले ७५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। कुशल भुर्तेलले ११ रन जोडे।
शेखले ३७ रन जोडे भने दीपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए। अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कुशल भुर्तेलले ४ विकेट लिए। सोमपाल कामीले २ विकेट लिए। ललित राजवंशीले १ विकेट हात पारे।
२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पार गर्यो। उसका लागि ओपनिङ ब्याटर शायन जहानगिरले शतक प्रहार गरे। उनले १०४ रन जोडे।
अर्का ओपनर आन्द्रेस गस १ रनमा आउट भए। तर कप्तान मोनाक पटेलले ६२ रन जोडे। उनले दोस्रो विकेटका लागि जहानगिरसँग १६१ रनको साझेदारी गरे। बलिङमा अमेरिकाका केञ्जिगेले ४ विकेट लिए।
हर्मित सिंहले ५७ रन र साड्ली भान साल्वेकले २९ रन जोडेर अमेरिका जित नजिक पुगेको हो।
यो श्रृङ्खलामा नेपालले नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्नेछ। अब नेपालले मंगलबार राति सवा ९ बजे स्कटल्याण्डसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु