उद्योगको लाइन काटिएकोमा दुई मन्त्रीलाई दुःख सुनाउँन पुगे महशुल नबुझाउने व्यवसायी
काठमाडौँ / उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोमा दुःख जनाउँदै काटिएको लाइन तत्काल जडानका लागि पहल गरिदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग छलफल गरेका छन्।
हिजो उद्योगी व्यवसायीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल जडान गर्न पहल गर्नुपर्ने माग गरेका थिए।
भेटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले पटकपटक विद्युत् लाइन काटेर उद्योगीमाथि अन्याय गरेको बताए। उनले प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए आफूहरुले शुल्क तिर्ने बताए।
ऊर्जामन्त्री खड्काले उद्योगमा विद्युत् कटौती भएको विषयमा ऊर्जा मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकार भएका निकायसँग छलफल गरी यथाशीघ्र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाए।
उनले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने भन्दै प्राधिकरणले पनि लाइन काट्न नहुने जवाफ दिए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युतबारे लाल आयोगले अध्ययन गरिसकेकाले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए।
उनले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा बताए।
कार्यक्रममा ऊर्जा मन्त्रालयका सचिवद्धय सुरेश आचार्य र सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीलगायत मन्त्रालयका उच्चपदस्थ अधिकारी एवं उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
-
२.
जलवायु परिवर्तनले श्रम तथा रोजगारीको क्षेत्रमा नयाँ चुनौती : अध्यक्ष कुँवर
-
३.
संसद्को आगामी अधिवेशनमा ऊर्जासम्बन्धी विधेयक प्रस्तुत हुन्छ : मन्त्री खड्का
-
४.
नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
-
५.
अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास मौलाउन दिइन्नँ : प्रधानमन्त्री ओली