शेयर बजार परिसूचक नेप्सेमा २७ दशमलव ४१ अंकको वृद्धि

काठमाडौँ / शेयर बजार परिसूचक नेप्से आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ४१ अंकले बढ्दा २ हजार ६४५ दशमलव ३६ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव १४ अंकले उकालो लागेर ४७२ दशमलव ९५ मा पुगेको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा आज वृद्धि भएको हो।
कूल १ करोड ४ लाख १८ हजार ९२६ कित्ता शेयर ५ अर्ब ३४ करोड ४८ लाख ९१२ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार जानकी फाइनान्स र डोल्टी पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
रिभर फल्स पावर ९ दशमलव ५४, मेछ्याङ हाइड्रोपावर ९ दशमलव १३ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ९९ प्रतिशतले कमाएका छन्।
पिपल्स वर ६ दशमलव शून्य दुई, कालिञ्चोक दर्शन लिमिटेड ४ दशमलव ३५, समृद्धि फाइनान्स कम्पनी ३ दशमलव ९६, विन नेपाल लघुवित्त २ दशमलव ८९ र नेपाल एसबीआई बैंकका लगानीकर्ताले २ दशमलव ६३ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस