विश्वकप लिग- २ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

nepal_parajit_lost_game

काठमाडौं / आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ।  आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ।

Advertisement:nepal_parajit_lost_game

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ।  अमेरिका १० खेलमा १४ अंक सहित दोस्रो स्थानमा छ। स्कटल्याण्ड ८ खेलबाट ११ अंकका साथ चौथो स्थानमा रहेको छ।

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स यूएई सम्मिलित छन्।

प्रतिक्रिया दिनुहोस् :