कतार पठाइदिन्छु भन्दै ठगी गर्ने मलेसियालीन नागरिकसहित चार जना पक्राउ

सिरहा / रोजगारीका लागि कतार पठाइदिने भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियालीन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिने भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियाली नागरिक ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान-२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई कारबाही शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
उनीहरूले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस