उत्तरी गाजामा भोकमरी !
उत्तरी गाजा क्षेत्रमा बढ्दो शत्रुता र खाद्य सहायतामा ’लगभग’ रोकका कारण अनिकाल परेको छ। संयुक्त राष्ट्रसंघको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले गाजा क्षेत्रमा युद्धका कारण अनिकाल व्याप्त रहेको देखाएको हो ।
प्रतिवेदनमा गाजापट्टीमा तीव्र गतिमा बिग्रँदै गएको परिस्थितिले गर्दा भोकमरी फैलिने सम्भावना देखाएको छ। ‘अनिकालको सीमा पार भइसकेको वा निकट भविष्यमा पनि अनिकाल व्याप्त बन्ने सम्भावना देखिन्छ’, प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ को नोभेम्बरदेखि अप्रिल २०२५ को बीचमा गाजामा ‘विनाशकारी’ खाद्य असुरक्षाको सामना गरिरहेका मानिसहरूको सङ्ख्या तीन लाख ४५ हजार अर्थात् जनसङ्ख्याको १६ प्रतिशत पुग्ने अनुमान गरिएको थियो।
इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी) को रिपोर्टले यसलाई ‘आईपीसी फेज-५’ को रूपमा वर्गीकृत गरेको छ। यस्तो अवस्था जब ‘भोकमरी, मृत्यु, अभाव र अत्यन्त गम्भीर तीव्र कुपोषणको स्तर स्पष्ट छ।
उक्त प्रतिवेदनपछि गाजाको उत्तरी क्षेत्रमा खाद्य प्रणाली ध्वस्त भएको, मानवीय सहायतामा कमी आएको र पानी र सरसफाइको अवस्था नाजुक भएको समितिले जनाएको छ ।
‘यो अनुमान गर्न सकिन्छ कि यी क्षेत्रहरूमा भोकमरी, कुपोषण र अन्य रोगका कारण मृत्युदर अत्यधिक तीव्र गतिमा बढिरहेको छ’, प्रतिवेदनले भनेको छ। अघिल्लो वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गरेको जवाफी हमलाका कारण गाजापट्टीको ठूलो क्षेत्र तहसनहस भएको छ।
इजरायली सेनाले अक्टोबरको सुरुदेखि नै गाजापट्टीको उत्तरी क्षेत्रको ठूलो भूभागमा आफ्नो अभियान तीव्र पारेको छ। सन् २०२३ को अक्टोबरयता गाजापट्टीमा प्रवेश गर्न अनुमति दिइएको सहायता सामग्री कुनै पनि समयको तुलनामा कम भएको प्रतिवेदनमा उल्लेख छ ।
कालोबजारीका कारण अत्यावश्यक वस्तुको मूल्य बढेसँगै खाद्यान्नको पहुँच निरन्तर खस्किएको छ। खाना पकाउने ग्यास दुई हजार ६१२ प्रतिशत, डिजेल एक हजार ३१५ प्रतिशत र दाउरा २५० प्रतिशतले बढेको छ।
रिपोटमा भनिएको छ, ‘अत्यावश्यक वस्तुको अत्यधिक उच्च र बढ्दो मूल्यवृद्धिसँगै खाद्यान्न र अन्य आधारभूत आवश्यकताका लागि खरिद वा विनिमय गर्न सक्षम हुने जीविकोपार्जन पूर्णरूपमा धराशायी भएको छ।’
गत महिना इजरायलले प्यालेष्टाइनका लागि संयुक्त राष्ट्रसंघीय सहायता नियोग (यूएनआरडब्लूए) सँगको सम्बन्ध तोडेकोमा चिन्ता व्यक्त गर्दै गाजामा ‘मानवीय कार्यका लागि अत्यन्त गम्भीर परिणाम’ आउने चेतावनी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मेयर बालेन एमालेविरुद्ध परिचालित भए : शंकर पोखरेल
-
२.
साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
-
३.
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ
-
४.
रूसको धम्की पछि युक्रेनी संसद्को बैठक स्थगित
-
५.
प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल माध्यामबाट कुराकानी