प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल माध्यामबाट कुराकानी
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति एलन मस्कबीच आज कुराकानी भएको छ।
प्रधानमन्त्री ओलीले शुक्रवार साँझ सामाजिक सञ्जाल एक्सका मालिक खर्बपति मस्कसँग कुराकानी गरिरहेको तस्वीरसमेत सार्वजनिक गरेका छन्। क्याप्सनमा प्रधानमन्त्री ओलीले एलन मस्कसँग कुरा गरेको खुलाएका छन्।
भर्चुअल माध्यामबाट भएको कुराकानी के विषयमा थियो भनेर खुलाइएको छैन।
स्पेश एक्स कम्पनीका मालिकसमेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाएका छन्।
उक्त विषयमा विगतदेखिनै नेपालमा अधिकारीहरूसँग छलफलसमेत भइरहेको छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदको जिम्मेवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मेयर बालेन एमालेविरुद्ध परिचालित भए : शंकर पोखरेल
-
२.
साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
-
३.
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ
-
४.
रूसको धम्की पछि युक्रेनी संसद्को बैठक स्थगित
-
५.
प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल माध्यामबाट कुराकानी