रवि विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्सामा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न उनीहरू सहित १४ जनामाथि आज पक्राउ पुर्जी जारी भएको छ।
पर्सा जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान थाल्न आज प्रहरीलाई अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए। लामिछाने प्रबन्ध निर्देशक रहेका बेला उक्त सहकारीबाट ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ।
यसअघि लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान चलिरहेको छ।
लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकै बेला प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ। आज उनलाई चितवनमा लगेर बयान लिने कार्य भइरहेको छ।
चितवनपछि उनलाई पर्सामा बयानका लागि लगिने छ। यसअघि रुपन्देही र काठमाडौँमा लगेर बयान लिइसकिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस