आज नेप्से ४६ अंकले घट्यो

nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

काठमाडौँ / साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ४६ अंकले घटेको छ। आज नेप्से ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६८९ को बिन्दुमा कायम भएको हो। यो १ दशमलव ६७ प्रतिशतको गिरावट हो।

आज ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर ८१ हजार ४०४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४७ करोड ३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement:nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

आजको कारोबारमा २१४ कम्पनीको शेयर मूल्य घटेको छ। सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा बढी जीवन बिमा समूह ३ दशमलव शून्य ७ र व्यापार समूह २ दशमलव १३ प्रतिशतले घटेको छ।

बैंकिङ १ दशमलव ८६,  विकास बैंक १ दशमलव शून्य ४, वित्त १ दशमलव ८४, होटल तथा पर्यटन १ दशमलव ८४, जलविद्युत् १ दशमलव ९८ र लगानी समूह १ दशमलव ३३ प्रतिशतले घटेको छ।

उत्पादन तथा प्रशोधन १ दशमलव ३४, लघुवित्त १ दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ।

तीनवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो।

खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख ६१ हजार ५६९ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख ५ हजार १ सय कित्ता शेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस् :