नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति निर्विरोध चयन

Patrakar_election

काठमाडौं / नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिमा कार्य समिति निर्विरोध चयन भएको छ।

सबै पदमा एकल उम्मेदवार परेकाले रमेश वाग्लेको नेतृत्वमा निर्विरोध कार्य समिति चयन भएको हो।

Advertisement:Patrakar_election

प्रतिष्ठानको उपाध्यक्षमा बेञ्जु सुवेदी, महिला उपाध्यक्षमा पवित्रा गुरागाइँ, महासचिवमा रामचन्द्र अर्याल, खुला सचिवमा बरकत अलि मियाँ, समावेशी सचिवमा रमेश टमट्टा र कोषाध्यक्षमा तुलसीमाया सापकोटा निर्विरोध भएका छन्।

यी सबै पदमा पनि एकल उम्मेदवारी परेको हो।

निर्विरोध खुला सदस्यहरुमा संगेव बस्नेत, हरिकृष्ण न्यौपाने, अनन्त चालिसे, भीमनिधि अधिकारी, राजाराम बोहरा र राजेन्द्र पोखरेल छन्।

तीन महिला सदस्यमा लक्ष्मी न्यौपाने, नुनुता राई र सुशीला बस्नेत छन्।

प्रतिक्रिया दिनुहोस् :