एनपिएल : तालिकाको शीर्ष स्थानमा रहन जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं / नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आज एकअर्काको सामना गर्दैछन्।
मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्।
जनकपुर र सुदूरपश्चिमको खेलमा समर्थकहरु बाक्लो रुपमा त्रिवि मैदान ओर्लिन्छन्। जारी प्रतियोगितामा जनकपुर अपराजित एक मात्र टोली हो। चार खेलमा आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ। सुरुआती तीन खेलमा जित हासिल गरेको सुदूरपश्चिम ६ अंकका साथ दोस्रो स्थानमा छ।
आज जनकपुरलाई हराए सुदूरपश्चिम नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लनेछ। एक त शीर्ष स्थानको लडाई अनि समर्थकबीचको घम्साघम्सी, यही कारण हो आजको खेल रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ।
यो भिडन्त समर्थकहरुको भावनासँग पनि जोडिएको छ । जनकपुरका कप्तान अनिल शाह र मार्की खेलाडी आसिफ सेख मधेश प्रदेशका हुन् । उता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरि सुदूरपश्चिमकै स्थानीय जिल्लाका हुन्। मुख्य प्रशिक्षक जगट टमाटा, विकेटकिपर विनोद भण्डारीलगायत अधिकांश खेलाडी सुदूरपश्चिमबाटै छन्। त्यसैले पनि समर्थकहरुको मन टोलीसँग जोडिएको हो।
समर्थक यो खेललाई लिएर बेग्र प्रतीक्षामा छन्। खेल बिहान ९ बजे सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस