कमेडी च्याम्पियन पछि चर्चामा आएका कलाकार महराको दुर्घटनामा परी मृत्यु

काठमाडौं / कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ।
कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
मंगलबार साँझ उनी सवार म २ प ९११७ नम्बरको मोटरसाइकल गोदावरी मन्दिर जाने बाटो नजिक दुर्घटनामा परेका थियो। लगत्तै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा उनको निधन भएको हो।
महरा कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ का स्थायी बासिन्दा थिए, तर हाल गोदावरी–४ मा बस्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस