ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी

काठमाडौं । पूर्वी नेपालको पवित्र सांस्कृतिक सभ्यता पाथिभरा अर्थात मुक्कुम्लुङको सभ्यता मासेर निजि कम्पनी आईएमई ग्रुपले केवलकार बनाउन बल प्रयोग गर्न खोज्दा अवस्था भयानक हुने जोखिम बढेको छ । पाथिभरामा सम्पदा मासेर बनाउन लागेको केवलकारको विरोध गरिरहेको समुहमाथि सुरक्षाकर्मीले दमन गर्न खोज्दा आज साँझ भयानक भिडन्त भएको छ ।
आन्दोलनकारीहरुले प्रहरी सुरक्षाकर्मीहरुमाथि निर्धात कुटपिट गर्दै लखेटेका छन् । पाथिभरामा बनाउन लागिएको केवलकारको विरोधमा पहिचानवादीहरुले दिउँसो र राति दुवै समय प्रदर्शन गर्दै आएका छन् । आज साँझ मसाल जुलुस निकाल्ने क्रममा सुरक्षाकर्मीमाथि निर्मम प्रहार भएको हो ।
आज साँझ ७ः४५ बजेको समयमा ताप्लेजुङका बीरेन्द्र चोकमा मसाल निकाल्न खोज्दा भिषण दोहोरो भिडन्त भएको ताप्लेजुङबाट सन्तान मादेनले जानकारी दिएका छन् । सो भिडन्तमा केही प्रहरी सुरक्षाकर्मीहरु घाइते भएका छन् । विरोध प्रदर्शनकारीहरु सयौंको संख्यामा भाटा, लाठीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरी सुरक्षाकर्मीलाई बेस्सरी कुट्दै लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
सरकारले चन्द्र ढकालको पाथिभरादेवी दर्शन केवलकार प्रा.लिका लागि केवलकार बनाउन दिने निर्णय गरेको थियो । अहिले स्थानीयबासीले विरोध गरेपछि सरकारले नै सुरक्षाकर्मी प्रयोग गरेर दमन तीव्र पार्दै आएको छ । ताप्लेजुङमा रक्तपात मच्चिने खतरा बढेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस