कतारका राजा दुई दिने राजकीय भ्रमणमा भोलि नेपाल आउने
तातोखबर, काठमाडौं / कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।
यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो अवसरमा राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन्।
अमिर शेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ ।
उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्किने छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै