पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु
पाल्पा / पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल यात्रुको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका ६ जुठापौवाका ४३ वर्षीय जगलाल बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।
बुटवलबाट कचल खानीतर्फ जाँदै गरेको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु१७प १५२४ नम्बरको मोटरसाइकललाई तिनाउ गाउँपालिका-२ छिसखोलास्थित भित्री कच्ची सडकखण्डमा शनिबार साँझ ६ बजेतिर ठक्कर दिएको हो।
गम्भीर घाइते उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बेलुकी ८ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताए। टिपर चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै