देशको मौसमी अवस्था : तराईमा वैशाख २० गतेसम्म अत्यधिक गर्मी हुने

mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

तातोखबर / तराई तथा पहाडी भूभागमा केही दिनयता अधिकतम तापक्रम वृद्धि भइरहेको छ।

तराईका केहि ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

Advertisement:mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

यो क्रम वैशाख २० गतेसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ।

महाशाखाले आगामी केही दिनसम्म देशभरको मौसमी अवस्थाको विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ ।

मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या  बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताए । उनका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी भैरहवामा वैशाख ८ गते ४३.६ डिग्री तापक्रम मापन भएको छ।

तराईका ती भूभागमा आजदेखि यही वैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ’, विभागको सूचनामा भनिएको छ’, ‘साथै पहाडी भूभागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना छ।’

यसको असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस् :