तौलिहवा मालपोतका नासु घुससहित पक्राउ
२४ वैशाख, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका नायब सुब्बा नरहरि खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै