आउनुस् पार्टी प्रवेश गर्ने प्रस्तावमा छलफल गरौँ : वामदेवलाई ओलीको जवाफ

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी प्रवेश गर्ने प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्।
सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी भएका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटोभन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दबाब दिन एमाले नेता, कार्यकर्तालाई आग्रह गरेका थिए ।
ओलीले त्यसको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएका थिए । उनले सो विषयमा छलफल गर्नका लागि उपयुक्त थलो नभएकाले त्यस विषयमा प्रवेश नगर्ने उल्लेख गर्दै पछि अर्को समयमा छलफल गर्ने पनि बताए । अध्यक्ष ओलीले गौतमको भावनालाई अघि बढाउने पनि बताए ।
‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । मैले छलफल गर्ने यो थलो होइन । त्यसकारण म त्यसमा प्रवेश गर्दिनँ । पछि हामी अर्को समयमा छलफल गर्नसक्छौँ‚’ उनले भने, ‘म यति भन्न सक्छु वामदेवजीको अहिले जुन भावना अभिव्यक्त भएको छ एकताको त्यो सकारात्मक भावना हो। आउनुस् यस भावनालाई अगाडि बढाऔँ ।’
त्यस अवसरमा अध्यक्ष ओलीले गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजक रहेको उल्लेख गर्दै सो अभियानको सफलताको कामना समेत गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस