डेनमार्कमा मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण
काठमाडौं, बैशाख २९ / युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।
चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।
आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।
त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।
युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् ।
जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । यसपछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै