पञ्चायत – सिजन ३ : ट्रेलर रिलीज, ग्राम पञ्चायतको चुनावको कथा

बहुचर्चित वेब सिरिज पञ्चायतको नयाँ सिजनको ट्रेलर प्राइम भिडियो इण्डियाको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । ओटिटि प्लाटफर्ममा दर्शकले अत्याधिक रुचाएको उक्त सिरिजको नयाँ सिजनमा फुलेरा गाउँमा हुन लागेको ग्राम पञ्चायतको चुनावसम्बन्धी कथा रहेको ट्रेलरमा देख्न सकिन्छ ।
यस सिरिजका पुराना भागहरुमा गाउँ–समाजमा हुने राजनीतिलाई बडो चाखलाग्दो रुपमा प्रस्तुत गरिएको छ । साधारण कथावस्तुलाई सामान्य ढंगले प्रस्तुत गरिएका कारण यो सिरिज नेपालका दर्शकहरुमाझ पनि लोकप्रिय छ ।
दिपक कुमार मिश्राले निर्देशन गरेका यो सिरिजमा जितेन्द्र कुमारलाई फुलेरा ग्राम पञ्चायतको सचिव, नीना गुप्तालाई प्रधान पञ्च, रघुबीर यादवलाई प्रधान पति, फैजल मलिकलाई प्रल्हाद पाण्डे, चन्दन रोयलाई विकास, दुर्गेश कुमारलाई भूषण (बनराकस) को भूमिकामा यथावत देख्न सकिन्छ ।
यस सिरिजको सिजन ३ लाई ओटिटि प्लाटफर्म प्राइम भिडियोमा आगामी मे २८ देखि प्रसारण गरिनेछ ।
ट्रेलर हेनुहोस्:
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस