पोखराको लेकसाइडका स्पाबाट ६ बालिकाको उद्धार
कास्की / पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका स्पा (मसाज सेन्टर) बाट प्रहरीले ६ बालबालिकाको उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार मसाज सेन्टरमा बालिकाहरूलाई यौनजन्य कार्यमा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले मसाज सेन्टरमा अनुगमन गरेको थियो।
पोखरा महानगरपालिकाको सामाजिक महाशाखा र शक्ति समूह नेपालका प्रतिनिधि समेत लिएर पुगेको प्रहरीले पाँच वटा मसाज सेन्टरमा अनुगमन गर्दा ६ बालिका भेटिएका हुन्।
सेन्टर पोइन्ट स्पाबाट दुई, हिमालय स्पाबाट एक , पारामाउन्ट स्पाबाट एक जना, न्यु भिजन स्पाबाट दुई १८ वर्ष भन्दा कम उमेरका बालिकालाई काममा लगाएको पाइएको छ। उनीहरूलाई उद्धार गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै