आइपिएल : आज चेन्नई र बैंगलोरबीचको खेलमा पानी पर्ने संभावना

IPL-RCB-vs-CSK

जेठ ५, आइपिएल / इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज हुने चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेलमा पानी पर्ने संभावना देखिएको छ ।

महत्वपूर्ण खेल भएकोले सो खेल पानीले प्रभावित हुने पो होकी भन्ने चिन्ता आम समर्थकको रहेको छ ।

Advertisement:IPL-RCB-vs-CSK

खेलको दौरान बादल लाग्ने देखिएकाले पनि पानी पर्ने सम्भावना रहेको हो ।

उक्त खेल वर्षाका कारण प्रभावित भएमा चेन्नइ र बैंगलोरले १ १ अंक बाँढ्नुपर्ने देखिन्छ । यदि यसो भएका चेन्नइ प्लेअफमा सिधै जानेछ ।

बैंगलुरुको चिन्नस्वामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७ः ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने दबाब छ ।

रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडी जितेमा प्लेअफमा पुग्ने सम्भावना रहन्छ भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा सिधै प्लेअफमा पुग्ने छ ।

चेन्नईको अहिले १३ खेलमा १४ अंक रहेको छ भने चौथो स्थानमा रहेको बैंगलुरुको १३ खेलमा १२ अंकसहित छैटौं स्थानमा रहेको छ ।

यस सिजनमा कोलकोता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यस अघि नै प्लेअफमा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् :