प्रचण्डले चौथोपटक विश्वासको मत पाए
तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथोपटक विश्वासको मत पाएका छन्। कांग्रेसको अवरोधकाबीच सोमबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा वैठकमा विश्वासको मत पाएका हुन्।
विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ मत, प्रस्तावको विपक्षमा शून्य मत परेको र प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको हो । प्रतिनिधि सभामा सोमबार १५८ सांसद उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन्। उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान रहेको छ।
जसपा नेपाल फुटेर ससपा बनेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति माग गर्दै कांग्रेसले निरन्तर संसद्मा अवरोध जारी राखेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै