समाजवादीले संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने
तातोखबर, काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीले संसदको जारी गतिरोध अन्त्य गर्न पहल गर्ने निर्णय भएको छ।
बिहीबार काठमाडौंमा बसेको केन्द्रीय सचिवालय बैठकले संसद सुचारु गर्न पहलकदमी लिने निर्णय गरेको हो ।
जसका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग संवाद गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन माग गरी सदन अवरुद्ध गर्दै आएको छ ।
बैठकले पार्टीको दशौं महाधिवेशनको दस्तावेज जेठ १५ गते जिल्ला तहमा पठाउने निर्णय पनि गरेको छ । सचिवालयको अर्को बैठक जेठ १४ गते बस्ने केन्द्रीय प्रचार विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै