भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा उपचार गर्दा प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई छुट
तातोखबर, काठमाडौं / विराटनगर–७,मोरङ्गस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा उपचार गर्दा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुका लागि छुटको व्यवस्था गरिएको छ ।
उक्त सेन्टरमा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरु लिंदा विशेष छुट प्रदान गर्नका लागि दुई पक्षीय समझदारी भएको हो।
एक समारोहका बीच सेन्टरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेश प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक उक्त सेन्टरमा पेश गर्नुपर्ने छ। उक्त सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुटको व्यवस्था छ।
प्रभु बैंकको नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर संचालनमा छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु